स्थानीय

पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १५ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । घाइतेहरूको सामान्य अवस्थामा रहेको र तीनजना मध्यम खालको रहेको प्रहरीले बताएको छ ।

Comment here