वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट पनि उम्मेदवारी दर्ता भएको छ।
नेमकिपाको तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार तामाङले मनोनयन दर्ता गराएका हुन्। तामाङको उम्मेदवारीको प्रस्तावमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा सांसद सिर्जना सैजु रहेका छन्।
राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादल र नेपाली कांग्रेस र माओवादी केन्द्रबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
उपनिर्वाचन आगामी जेठ ६ गते हुनेछ ।