logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रधानमन्त्री ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।