प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।
दोस्रोपटक विवाददास्पद अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ओलीले आइतबारका लागि बैठक बोलाइका हुन्।
संवैधानिक निकायमध्ले लोकसेवा आयोग पूर्ण रुपमा खाली छ भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली रहेका छन्।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ। समावेशी आयोगले पनि पूर्णता पाएको छैन।
बैठकका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रियसभा अध्यक्षका गणेशप्रसाद तिमिल्सिनालाई लिखिप जानकारी गराइएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश दुई दिन अघि जारी गरेकी थिइन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ।