पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या हालसम्मको उच्च हो।
१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै आज ५० जना संक्रमितको मृत्यु भएको छ।