कोभिड-१९ संक्रमणको ‘हटस्पट’बनेको भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जना संक्रमित भएका छन् भने, ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । यो समचार तयार गर्दासम्म भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ भने, २ लाख ३८ हजार २६५ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै भारतमा शनिबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ रहेको छ । १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् ।
कोभिड-१९ को दोस्रो चरणको भेरियन्टबाट सबै भन्दा बढी प्रभावित रहेको भारतमा पछिल्लो समय दैनिक ४ लाखको हाराहारीमा संक्रमित थपिदै आएका छन् । उपचारको अभावमा हजारौले ज्यान गुमाएका छन् ।