logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै, ओलीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय हुने


अंकुरण खबर
1.352K
Shares

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ ।

बानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैसाख २७ गते प्रतिनिधि सभाको अधिवेशनमा विश्वासको मत लिने निर्णय छन् । तर संघीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने यस अघिनै स्पष्ट पारिसकेको छ ।

आजको बैठकमा वर्तमान राजनीतिक अबस्थाको बारेमा पनि छलफल हुने जनाइएको छ ।