कोभिड-१९ सम्वन्धि अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।
चीन सरकारले नेपाललाई अनुदान स्वरुप दिने ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर लिन स्वास्थ मन्त्रालयको अनुरोध अनुसार २७ गते जाहाज चीन जाने निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर र आवश्यक स्वास्थ सामग्री अनुदानमा दिने जनाइएको छ ।