logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई माधव नेपालको सुझव, बलमिचाइँ गरी पदपूर्ति होइन, जनता बचाऊ…


अंकुरण खबर
4.082K
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई बल मिचाई गरेर पदपूर्ति गर्ने अधिकार नरहेको जीकिर गरेका छन् ।

नेता नेपालले आज फेसबुक मार्फत बलमिच्याइँ गरी अध्यादेशमार्फत गैह्रकानुनी रुपमा संवैधानिक आयोगमा पदपूर्ति गर्ने भन्दा कोरोना महामारीसँग जुधिरहेका जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन ध्यान दिन सरकारलाई सुझाब दिएका छन् ।

उनले लेखेका छन्, कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु