logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ मा कोरोना पुष्टि, ५३ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ८,४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ५३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको छ ।