logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने सरकारको निर्णय


अंकुरण खबर
754
Shares

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।

शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीरको नयाँ भवनमा कोरोनाका संक्रमितको मात्र उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

वीरको नयाँ भवनमा ५०० सम्म बेड राखेर उपचार गर्ने तयारी भएको छ।

मन्त्रिपरिषद् बैठकमा सामेल एक मन्त्रीका अनुसार शनिबारको बैठकमा राजनीतिसम्बन्धी कुनै पनि निर्णय भएको छैन।