logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फुटको संघारमा एमाले, खनाल–नेपाल समुहका सांसदले सामूहिक राजीनामा गर्दै


अंकुरण खबर
637
Shares

भुसको आगो झै सल्किएको विवादले अन्ततः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खनाल–नेपाल समुहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

शनिवार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समुहको बैठकले ओलीले पार्टीमा विधि पद्धति मिचेकाले यही रबैया कायम राखे जसरी पनि ओलीलाई सरकारबाट हटाउने निष्कर्ष निकाल्दै यस्तो निर्णयमा पुगेको हो ।

खनाल–नेपाल समुह ओली नसच्चिए उनले संसद्मा भोली २७ गते लिने विश्वासको मत जसरी पनि असफल गराउन लागिपरेको छ । पार्टी मिलाउन आफुहरु सधै प्रयत्नरत रहेकोले ओली आज दिन भरसम्म लचक नभए अर्को बैठक बसी बेलुकासम्म सामुहिक राजीनामा दिने खनाल–नेपाल समुहका एक नेताले जनाए । ओलीसंग मिल्ने विकल्प नदेखिएकाले २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु भन्दा त्यस अगावै सामूहिक राजीनामा उत्तम लागेकाले यो निर्णयमा पुगेको एक नेताले बताए ।

सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत भैसकेको छ ।