logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कानून दिवस, सबैलाई न्याय र विधिको शासनको अनुभूत गराउँने प्रधानन्यायाधीशको प्रतिबद्धता


अंकुरण खबर
910
Shares

आज राष्ट्रिय कानून दिवस । विसं २००९ मा आजकै दिन प्रधानन्यायालय स्थापना भएको सम्झाना स्वरुप प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

कोभिड-१९ को महामारी पहिले विविध कार्यक्रम गरि मनाइने भए पनि यस वर्ष भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरी मनाइँने छ ।

कानुन दिवसकै अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि आफु प्रतिबद्धता रहेको जनााएका छन ।

कानुन सबैका लागि आवश्यक र बराबर भएकाले यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकहरुमा महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनु पर्ने प्रधानन्यायाधीश राणाको बुझाई छ ।

प्रधानन्यायाधीश राणाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबै आग्रह गरेका छन् । त्यस्तै महामारीका कारण अदालतको सेवामा कमी आउँदा जनतामा पर्न गएको असुविधालाई बाध्यताका रुपमा सहज तरिकाले लिदिन आग्रह गरेका छन् ।