logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारीमा पनि दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा १ जना पक्राउ


अंकुरण खबर
715
Shares

पर्साको वीरगञ्जबाट बजार भाउ भन्दा झण्डै दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यस महामारीको बेलामा पनि कालोबजारी गरेको भन्दै वीरगञ्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको हो ।

तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको प्रमाणित भए पनि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ ।

प्रहरीले उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।