logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्थ र राजेन्द्र महतो पुगे देउवा निवास


अंकुरण खबर
2.613K
Shares

काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको विशेष अधिवेशन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते(भोली) विश्वासको मतलिने भए पछि  यस विषयमा छलफल गर्न ठाकुर- महतो देउवालाई भेट्न गएका हुन् ।

प्रधानमन्त्री ओलीको विश्वासको मतमा साथ दिने या नदिने भन्ने विषयमा जसपा भित्र एक मत छैन् । ठाकुर ओलीको पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् । यी विषयलाई लिएर जसपा भित्र पनि विभाजनको अवस्था सृजना हुँदै गएको विश्लेषकहरुले आकलन गर्न थालेका छन्  ।