logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मोरङमा चार कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

मोरङमा आइतबार बिहान चार कोरोना संक्रमितको मृत्यु भएको छ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा एक महिलासहित तीनजना र विराट शिक्षण अस्पताल बुढीगंगामा एक महिलाको मृत्यु भएको हो।

नोबेलमा सुनसरीको धरान-१७ का ६६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै संक्रमित पुरुषको बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका-१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। नोबेलका प्रबन्धक दाहालका अनुसार बिहान साढे ३ बजेतिर वृद्ध पुरुषको मृत्युको हो ।

सिरहाको कल्यापुर-४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो। उनको मृत्यु बिहान ७ बजेतिर भएको उनले बताए।

विराटमा उपचाररत सुनसरीको इटहरी-८ की ५४ वर्षीया महिलाको  बिहान १ः२० बजेतिर मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो।