logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा अहिलेसम्मकै धेरै ११ संक्रमितले गुमाए ज्यान


अंकुरण खबर
767
Shares

गण्डकी प्रदेशमा कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट गण्डकीमा एकै दिन ज्यान गुमाउने यो नै अहिलेसम्मको धेरै संख्या हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका मात्रै ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै स्याङ्जाका २, म्याग्दी, पर्वत र रुपन्देहीका १र१ जनाले ज्यान गुमाएका छन्।

ज्यान गुमाउने ३१ देखि ६० वर्ष उमेर समूहका छन्। मृत्यु हुने ३१ वर्षीया युवती पोखरा महानगरपालिका ९ निवासी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले बताए।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्।