logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता


अंकुरण खबर
871
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि दर्ता भएको अविश्वासको प्रस्ताव छल्न अधिवेशन नै अन्त्य गरी पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राजीनामा लगतै सोही दिन प्रदेश प्रमुखले उनलाइ मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।