आइतबारका लागि अन्तर्राष्ट्रिय तर्फ जम्मा एउटा उडान रहेको छ ।
आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागेको विमानस्थलले जनाएको छ ।
आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ ।