पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
१८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनासहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्।
कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। हाल ४१९ जना संक्रमित क्वारेन्टा्रइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज निको हुनेको संख्या ४ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।