गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार प्रदेश प्रमुखले गुरूङको राजीनामा स्वीकृत गरिसकेका छन् ।
प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।
