आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको पूर्वानुमान बुलेटिन अनुसार आज विहानैदेखि वाग्मती प्रदेश, गण्डकी प्रदेश, २ नम्वर प्रदेश र सुदूरपश्चचिमका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको कारणले दिउसभरनै मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्ले छ ।
आज देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ ।
त्यस्तै भोली (मंगलबार) पनि देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने अन्य स्थानमा मौसम सामान्य रहे पनि प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते (बुधबार) भने दिउँसो देशको पहाडी भू भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ का केही भागमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।