logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशको संसद् अधिवेशन अन्त्य


अंकुरण खबर
806
Shares

गण्डकी प्रदेश सभाको संसद् अधिवेशन सोमबार अन्त्य भएको छ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद् अधिवेशन अन्त्य गरेकी हुन्। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख पौडेलले संसद् अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

आइतबार मात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।