logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्सिजन सिलिन्डर लिन चीन जाँदै निगमको वाइडबडी विमान


अंकुरण खबर
767
Shares

आज नेपाल वायुसेवा निगमको विमान खाली सिलिन्डर लिन चीनको बेइजिङ जाँदैछ ।

तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सन समेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो ।

निगमको ए ३३० वाइडबडी विमान आज राति ११:३० बजे चीनको बेइजिङ जान लागेको हो । त्यहाँको स्थानीय समय अनुसार विमान बिहान ७:३० बजे बेइजिङ पुग्नेछ ।

बेइजिङबाट स्थानीय समयअनुसार भोलि बिहान १०:३० बजे विमान काठमाडौंतर्फ उड्नेछ भने अपरान्ह २:३५ मा काठमाडौंमा अवतरण गर्नेछ । नेपालमा कोरोना संक्रमितको संख्या बढी अक्सिजन सिलिन्डरकै अभाव भएपछि सरकारले चीनबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको हो ।

तत्कालका लागि ४ सयदेखि ६ सय थान सिलिन्डर ल्याउन लागेको भएपनि आवश्यकता अनुसार २० हजार थानसम्म अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी रहेको छ । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।