logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने तयारी


अंकुरण खबर
1.95K
Shares

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने तयारी भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे सोमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।

सोमबार बसेको संयुक्त छलफलले वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा थप १५ दिन थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए।

अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएको हो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा थप एक साता थपिएको थियो ।