logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियाबाट अबैध भारतिय रूपैया सहित एक जना पक्राउ


अंकुरण खबर
1.196K
Shares

सत्र लाख पचास हजार रुपैयाँ अवैध रकम सहित एक जना पक्राउ गरेको छन ।

ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलाली बाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु।प।प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाईकलबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोपाल चौधरीले पछाडी बोकेको कालो रङ्गको छालाको जस्तो देखिने झोला खोली हेर्दा प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतिय रूपैया  सत्र लाख पचास हजार फेला पारी उक्त रुपैया, निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१ लगायतका सामान बरामद गरिएको हो ।

सोमबार  राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको प्रहरीले जनाएको छ ।