युनाइटेड अरब इमिरेट्सले नेपाललगायत दक्षिण एशियाली मुलुकहरूलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको छ ।
बुधबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाउने निर्णय भएको हो । अरबको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापनसम्बन्धी प्रधिकरणले आफ्नो वेबसाइटमार्फत प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । उसले बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई समेत प्रवेशमा रोक लगाएको छ ।
कोभिड-१९ को कारण देखाउँदै मुलुकले यस्तो निर्णय गरेको बताएको छ । यद्यपि युएइबाट चार मुलुकतर्फको उडान भने सुचारु राखिने उसले बताएको छ ।
पछिल्लो महिनामा मात्रै युएइले भारतको उडानमाथि प्रतिबन्ध लगाएको थियो ।