अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात रिहा भएका छन् ।
शुक्रबार रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ५ लाख रुपैयाँ धरौटीमा बस्न्यातलाई रिहा गर्ने आदेश दिएको थियो । उनी सोमबार धरौटीको रकम बुझाएर रिहा भएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयको सचिव छँदा काठमाडौंको बालुवाटारस्थित सरकारी स्वामित्त्वको जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको अभियोगमा विशेष अदालतले २८ मंसिर ०७७ मा बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।