logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा दोहोरो अंकको वृद्धि


अंकुरण खबर
1.716K
Shares

नेप्से परिसूचक आज २७.४१ अंकले बढेको छ ।

आज १ दशमलव ०५ प्रतिशतले बढ्दै २६४५.४८ विन्दुमा रोकिएको छ ।

७५ लाख ९ हजार कित्ता शेयर किनबेचमा कारोबारमा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।

यसैगरी समता लघुवित्त, रुरु जलविद्युतको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २७ करोड कारोबार भएको छ ।

सोमवार सबै उप समूहको परिसूचक हरियो देखिएका छन् ।