logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आफूलाई विश्वासको मत नदिए मार्गप्रशस्त गर्छु : प्रधानमन्त्री ओली


अंकुरण खबर
858
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वासको मत नदिए मार्गप्रशस्त गर्ने बताएका छन् ।

संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ,यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’ उनले आफुले देशमा स्थिरता, विकास र संवृद्धि लागि सरकारको नेतृत्व चाहेकाले आफुलाई मत दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण ध्यान देशको विकासमा रहेकाले मत दिन पनि आग्रह गरेका छन् ।