logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको विश्वासको मतमा मतदान शुरु


अंकुरण खबर
767
Shares

संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान शुरु भएको छ ।

सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया शुरु गरेका हुन् । अहिले सांसदहरुले मतदान शुरु गरेका छन् ।

कोरोना संक्रमण भएका सांसदहरुका लागि पनि मतदानको अलग्गै व्यवस्था गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ । तर माधवकुमार नेपाल समूहका केही सांसदहरू अनुपस्थित भएपछि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने सम्भावना कमै छ ।