सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठक सकिए लगतै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।
तर यता आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सकेन । आजको बैठक पनि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।