logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर १५ करोड ९५ लाखमा संक्रमण, १३ करोड ७२ लाखले जिते कोरोना


अंकुरण खबर
1.43K
Shares

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २ सय ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार २३१ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख २ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

हालसम्म विश्वभर १५ करोड ९५ लाख ८५ हजार ९३१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ७२ लाख ४९ हजार २८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख १६ हजार ९४९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ८५९ जनाको ज्यान गएको छ । ९३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३ हजार ७९४ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ३ लाख ६ हजार ७९४ भन्दा बढी निको भइसकेका छन् ।