शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरिएको छ ।
अस्पतालले आवश्यक कीट सकिएपछि परीक्षण बन्द गरेको हो ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक एक्सपान्सन सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए ।
आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने अस्पतालले जनाएको छ ।