logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.417K
Shares

बाँकेमा गएराति मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै मुत्यु भएको हो ।

बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।