काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप भएको छ ।
मंगलबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।
कोभिड रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।
अहिले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यद्यपी कोभिड संक्रमण र मृत्युदर भने बढेको बढ्यै छ ।