logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्स्याङ्दीमा ट्रक खस्यो, दाजुभाइको मृत्यु


अंकुरण खबर
741
Shares

मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका आफन्तले जनाएका छन् । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । दुवै जना पराल लोड गरेर पोखरातर्फ जादैँ थिए ।

मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।