logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश


अंकुरण खबर
741
Shares

कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न पनि सरकारलाई भनेको छ । उसले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधि, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।