नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ ।
आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।
मंगलवार नेप्से परिसूचक २ हजार ६७३ दशमलव ३१ विन्दुमा पुगेको छ । मंगलवार २ हजार ६४७ दशमलव ४८ विन्दुदेखि खुला भएको हो । आज बजार २ हजार ६८० दशमलव १९ विन्दुसम्म पुगेको थियो ।
पूर्ण अनलाईन मार्फत कारोबार भैरहेको बजारमा मंगलवार कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त रकम बराबरको २२० कम्पनीको ६२ हजार ६५९ पटकको व्यापारमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर कारोबार भएको हो ।
आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् भने सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।