चीनबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० (वाइडबडी) नेपाल आइपुगेको छ ।
चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिएर आज वाइडबडी जहाज नेपाल आइपुगेको हो ।
चीनले नेपाललाई २० हजार थान सिलिन्डर अनुदानमा दिने सहमति गरेको थियो ।
पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।