logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
1.664K
Shares

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मृत्यु भएका २२५ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।

पछिल्लो २४ घण्टामा २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ।