logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइने


अंकुरण खबर
2.353K
Shares

ओखलढुंगा उद्योग वाणिज्य संघले आफ्नो कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने भएको छ ।

कोभिडको संक्रमण बढ्दै गएपछि संघको कार्यालयलाई कोभिडको उपचारमा प्रयोग गर्न दिन लागेको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि संघले आफ्नो कार्यालयमा हालका लागि २५ अक्सिजन सिलिन्डर, दश आइसोलेशन शैया राखी संक्रमितलाई निःशुल्क उपचार सेवा दिने छ ।