कोभिड-१९ को संक्रमणले सबै भन्दा बढी आक्रान्त बनेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ५२९ जना संक्रमित भएका छन् । यो दर अघिल्ला केही दिन लगातार ४ लाख बढी संक्रमित हुँदै आएकोमा त्यो भन्दा केही काम हो ।
यो समचार तयार गर्दासम्म भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ भन मृतको संख्या २ लाख ५४ हजार २२५ पुगेको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ रहेको छ ।
कोभिड संक्रमण जित्नेको संख्या १ करोड ९३ लाख ७६ हजार ६७४ जना पुगेको छ ।