logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुने,शुक्रबारसम्म मौसम यस्तै


अंकुरण खबर
3.354K
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले बिहानको बुलेटिनमा उल्लेख गरे अनुसार आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने संभावना रहेको छ ।

आज दिउँसो वाग्मती प्रदेश,१ नम्वर प्रदेश, २ नम्वर प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन चट्याङ्गसहित हल्का, मध्यम र केही भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा भने स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशका अधिकांश भू भागहरुमा सामान्यदेखि पूर्ण बदली रहने छ ।

त्यस्तै भोली वैशाख ३० गते पनि देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति भने प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पर्सी वैशाख ३१ गते देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र अन्य पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ, राति देशका पहाडी भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।