logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाहेक अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द


अंकुरण खबर
819
Shares

सरकारले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि लम्ब्याएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल–भारतबीचको दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द हुने एक सूचनामार्फत जनाएको छ ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप यी देशमा भने सातामा दुई उडान हुने प्राधिकरणको भनाइ छ ।