logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु


अंकुरण खबर
637
Shares

बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा गएराति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा सवार एक महिला घाइते भएकी छिन्।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन्।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छिन्। घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।