logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा कोरोनाका कारण थप ६ जनाको मृत्यु


अंकुरण खबर
624
Shares

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ पुरुष र १ महिला छन् ।

मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ मा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ :५२ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो । गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राति ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साँझ साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको साँझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको साँझ ७ बजे मृत्यु भएको हो ।

उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।