नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ ।
मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।