नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेस्रो दिन आज (बुधबार) झिनो अंकले बढेको छ ।
आज नेप्से ०.५६ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ८८ विन्दुमा पुगेको छ भने ५ अर्ब ३२ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत र बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र युनिलिभर नेपालको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।