logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा : मजदुरहरू समस्यामा, बाटोमै खाना खुवाउँदैछन् उपकारी मनहरू


अंकुरण खबर
1.781K
Shares

राजधानी काठमाण्डौमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनीक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् ।

केही दिनका लागि आफुले कमाएको २-४ रुपैयाले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिदै गएपछि समस्यामा परेका हुन् । यसरी बिहान साँझ खाना खान समेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिच रोड मा नै राखेर खाना खुवाउन थालेका छन् ।

कोभिड-१९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाईएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४ औ दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन ।

अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विना काममा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ । कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ ।

कोभिड-१९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।